Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन घाइते

अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन घाइते


  • 2.7K
    Shares

    अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन घाइते

    अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किँदै गरेको हेलिएभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो । बेस क्याम्पबाट पोखरा फर्कने क्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । उनको उद्दारका लागि अर्काे हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

    उक्त हेलिकोप्टर पोखराबाट अन्नपूर्ण बेस क्याम्पको लागि समान लिएर गएको थियो । सामान अनलोड गरेर फर्कनेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १२:१४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij