२०८२ मंसिर २ गते मंगलवार
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको चैत २४ को मन्त्रीस्तरीय निर्णयअनुसार बरालको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको हो।
समितिका संयोजकमा भुपाल बराल छन् भने सदस्यहरुमा सहसचिवहरु उत्तर कुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन्। यो समितिले बजेटको मस्यौदा तयार गर्नेछ।
चैत १ देखि नै मन्त्रालयले नयाँ बजेटको तयारी थालेको थियो। आगामी जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने, सोही दिन आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिएर बजेट वक्तव्यलाई अन्तिम रुप दिइने अर्थ मन्त्रालयको तयारी छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij