Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

महानगरविरुद्ध उत्रिए तीनकुने गैरीगाउँ आसपासका सुकुम्बासी

महानगरविरुद्ध उत्रिए तीनकुने गैरीगाउँ आसपासका सुकुम्बासी


  • 1.9K
    Shares

    • images
    महानगरविरुद्ध उत्रिए तीनकुने गैरीगाउँ आसपासका सुकुम्बासी

    काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको छ। 

    महनगरपालिकाले गैरीगाउँस्थित बागमती किनारका अव्यवस्थित बस्तीहरू हटाउने तयारी गरेसँगै प्रदर्शन भएको छ।महानगरपालिका बस्ती हटाउन अघि बढेपछि सुकुम्बासीहरु आन्दोलित हुँदा प्रहरीसँग झडपको अवस्था भएको छ। 

    सुकुम्बासी बस्तीबासीले महानगरको निर्णयविरुद्ध टायर बालेर विरोध थालेका छन्। महानगरले दुई साताअघि नै अवैध बस्ती खाली गराउन सूचना निकालेको थियो। तर त्यो सूचनाअनुसार हट्न नमानेपछि महानगरले हस्तक्षेप गर्ने तयारी गरेको हो। 

    यसअघि थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा हिंस्रक झडप भएको थियो। काठमाडौंका मेयर बालेन्द्र साहले अव्यवस्थित सुकुम्बासी हटाउन संघीय सरकारसँग सहयोग मागिरहेका छन्। तर संघीय सरकारबाट उनलाई सहयोग मिलिरहेको छैन।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १६:०३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij