२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । होटेल एसोसिएसन अफ नेपाल पोखराले नयाँ वर्षमा ‘१८औँ फेवा नयाँ वर्ष महोत्सव २०८०’ मनाउँदै छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । उक्त महोत्सवको समयमा पोखरा जाने पर्यटकलाई होटेलहरूमा २० प्रतिशत छुट हुनेछ ।
नयाँ वर्ष लक्षित महोत्सवमा लाइभ म्युजिक, स्थानीय सांस्कृतिक झल्कने खालका र्याली, झाँकी र खानाका परिकारहरू पाउने टान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
यस महोत्सवले कोरोना महामारी पनि विस्तारै लयमा फर्किदै गरेका पर्यटन क्षेत्रलाई चलायमान बनाउने विश्वास दिएको अध्यक्ष सुवेदीले जानकारी दिए । महोत्सव चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना हुने छ ।
पोखराको लेकसाइडस्थित फिस्टल थेटदेखि हल्लन चोकसम्मको सडकमा फेवा नयाँ वर्ष महोत्सव हुने टान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
नयाँ वर्षमा पोखरामा ४० देखि ५० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको टानका केन्द्रीय सदस्य भरतराज पराजुलीले बताए ।
महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरूको उजागर र प्राकृतिक सम्पदाहरूको प्रवर्द्धन गर्ने टान पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij