Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

अर्थमन्त्री डा. महत र युरोपियन युनियनकी राजदूत एमएस नोनीबीच भेटवार्ता, के भयो कुराकानी ?

अर्थमन्त्री डा. महत र युरोपियन युनियनकी राजदूत एमएस नोनीबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 1.7K
    Shares

    अर्थमन्त्री डा. महत र युरोपियन युनियनकी राजदूत एमएस नोनीबीच भेटवार्ता, के भयो कुराकानी ?
    images

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत एमएस नोनी डिपरेजबीच शुक्रबार भेट वार्ता भएको छ । 

    अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्नेबारेमा छलफल भएको थियो । 

    गुणस्तरीय शिक्षा, मौसम परिवर्तन र नवीकरणीय ऊर्जाको क्षेत्रमा युरोपियन युनियनले सहयोग उपलब्ध गराइरहेको छ । युरोपियन रिकन्स्ट्रक्सन बैंक नेपालमा काम गर्न इच्छुक रहेको अर्थमन्त्री डा. महतले बताए । 

    युरोपियन युनियनको सहयोग नेपालका लागि महत्त्वपूर्ण रहेकाले ऊर्जा, भौतिक पूर्वाधार निर्माण गरेर पर्यटकीय क्षेत्रको विकास गर्न नेपालले चाहेको विषयमा छलफल केन्द्रित रहेको डा. महतले बताए ।

    समन्वयको दायरा फराकिलो बनाउँदै दक्ष मानवीय जनशक्ति उत्पादनको क्षेत्रमा सहयोग गर्न यूरोपियन युनियन उत्साहित भएको मन्त्री डा. महतको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १५:३२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij