Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबाबमा नगरेको महान्यायाधिवक्ता पोखरेलको जिकिर

रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबाबमा नगरेको महान्यायाधिवक्ता पोखरेलको जिकिर


  • 2.0K
    Shares

    रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबाबमा नगरेको महान्यायाधिवक्ता पोखरेलको जिकिर

    काठमाडौँ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबाबमा नगरेको बताएका छन् ।

    शुक्रबार आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रूपमा नै टुंगिएको बताए ।

    उनले भने, ‘प्रकियासम्मत रूपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दबाबमा टुंगिएको हैन। तपाईँहरूलाई महान्यायाधिवक्ता राजनीतिक रूपमा नियुक्त हुने भएकाले राजनीतिक रूपमा टुङ्ग्यायो भन्ने लाग्ला । तर हामी विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको हो।’

    प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताले पनि सदर गरेका थिए ।

    महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेस गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गरेको बताए ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १४:३५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij