२०८२ माघ १४ गते बुधवार
काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा अवदेश कुशवाहा, सौरभ श्रेष्ठ, अभिषेक भूल, बोध कुमारी खड्का, जैस्तला कोइरी, विकेश चौधरी, रविता खातुन, सन्तोषी देवी केवट, रामशुभक मुसहर, नवाब सरिफ, उमेश, अंकित खनाल, अम्बिका चौधरी, तिलेशोइरी देवी यादव, देवसरा देवी रजभक, अकबर मियाँ, मोहरलाल यादव रहेका छन् ।
सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij