Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

वैशाख ६ गतेदेखि ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन हुने

वैशाख ६ गतेदेखि ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन हुने


  • 1.7K
    Shares

    वैशाख ६ गतेदेखि ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन हुने
    images
    सिटिजन्स क्यापिटलले २०८० वैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।
     
    जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक सिटिजन क्यापिटलले जनाएको छ ।

    यसमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा वैशाख २० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
     

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १३:१९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij