Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सरकारको नीति कार्यक्रममा रास्वपाको असहमति, भ्रष्टाचारविरूद्ध नरम बनेको आरोप

सरकारको नीति कार्यक्रममा रास्वपाको असहमति, भ्रष्टाचारविरूद्ध नरम बनेको आरोप


  • 1.6K
    Shares

    सरकारको नीति कार्यक्रममा रास्वपाको असहमति, भ्रष्टाचारविरूद्ध नरम बनेको आरोप
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरुको सहमति नभएको बताएको छ । महामन्त्री मुकुल ढकालले पहिले एमालेसहितको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको बताए ।

    शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम  भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।

    ‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ । बलात्कार जन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन्’, ढकालले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

    विदेशमा बस्ने नेपालीको मताधिकार, सरकारी सेवामा टाइमकार्ड, गुणस्तरीय रोजगारमुखी शिक्षाका लागि संघीय शिक्षा ऐन, छाता विश्वविद्यालय ऐन, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य ऐन जस्ता आफूहरुको विषयले न्यूनतम साझा कार्यक्रममा निरन्तरता पाएको तर समग्रमा अमूर्त छन्, लक्ष्यविहीन र आलटाले देखिएको पनि ढकालले बताए ।

    कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय अघिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा राखिए पनि अहिले हटाइएको उनले बताए ।

    ‘तत्कालिन दलहरूबीच २०४६ सालपछिका काण्डहरू भनेर कहलिएका घटनाको छानबिन गर्ने सहमति भएको थियो र त्यसलाई कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्ने र कारवाही गर्ने भनेर लेखिएको थियो तर यो हटाइयो । सरकार भ्रष्टाचार रोकथाममा सिरियस देखिएन’ ढकालले भने ।

     

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १२:५९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij