Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी

नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी


  • 1.5K
    Shares

    नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी
    images

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

    उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

    ‘अनुसन्धानका क्रममा प्रेमलाल साह कानुको नाम आएकोले उनीमाथि पनि छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको हो’ जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक वीरबहादुर बुढामगरले भने ‘अहिले मेयर भन्दा पनि उनी परिक्षार्थीको रुपमा देखिएकोले सोही बमोजिमको अनुसन्धान कार्य गर्दैछौं ।’

    कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

    मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी मेयरले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको खुलेको प्रहरीको भनाइ छ ।

    पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेका प्रहरीको भनाइ छ ।

    परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

    मेयरले भरेको परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजातमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुबै हुन सक्ने व्यवस्था छ ।

     

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १२:५५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij