२०८२ मंसिर २ गते मंगलवार
काठमाडौं । सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट (A’ La Carte) प्रणाली लागू गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल लागू हुने गरी चैत १५ मा मन्त्रीस्तरीय निर्णय गरेकी हुन् ।
आलाकार्ट लागू भएसँगै अब टेलिभिजनका दर्शकले सीमित शुल्कमा आफ्नो रोजाईका च्यानल मात्रै खरिद गर्न सक्नेछन् । अब टिभी च्यानल खरिदका लागि आधारभूत २५० रुपैयाँ र अधिकतम ५०० रुपैयाँ शुल्क तय गरिएको छ ।
न्यूनतम शुल्क अन्तरगत प्रशारण संस्थाले नेपाली टेलिभिजन च्यानल तथा विदेशी फ्रि टु एयर च्यानलहरु उपभोक्तालाई देखाउनुपर्ने मन्त्रालयको निर्णयमा उल्लेख छ । ‘त्यस्ता टेलिभिजन च्यानलहरुमा सूचनामूलक, समाचारमूलक शिक्षाप्रद, मनोरञ्जनात्मक, खेलकुद आदि विषयवस्तु समावेश भएको हुनुपर्ने छ,’ मन्त्रालयको सूचनामा भनिएको छ ।
हेर्नुस्- प्रसारण शुल्क निर्धारणबारे मन्त्रालयले आज जारी गरेको सूचना :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij