Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति, कुन महिनामा कति ?

नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति, कुन महिनामा कति ?


  • 1.8K
    Shares

    नौ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति, कुन महिनामा कति ?
    images

    वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या बढ्दै गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्कानुसार, नौ महीनामा ८० हजार विद्यार्थीले अध्ययनका लागि विदेश जाने अनुमति मागेका छन्।

    साउनदेखि चैत २२ गतेसम्म ८० हजार विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) प्रदान गरिएको शाखाले जनाएको छ।

    शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ।

    चैत २३ मा मात्रै ६०९ अनलाइन आवेदन परेकोमा ५२९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले बताए। वस्तीका अनुसार आवेदन स्वीकृत भएका पाँच सय आवेदकले आज एनओसी पत्र पाउनेछन्।

    वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार २०७८ वैशाखमा एक हजार ६९६, जेठमा ४५६, असारमा तीन हजार १०९, साउनमा पाँच हजार ३४१, भदौमा पाँच हजार ८६०, असोजमा चार हजार ९६३ र कात्तिकमा तीन हजार ७५७ जनाले अनुमति लिएका छन्।

    त्यस्तै, मंसीरमा पाँच हजार ६९५, पुसमा सात हजार ८५, माघमा नौ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैतमा १६ हजार ३४८ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्।

    यस वर्षको वैशाखमा १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका थिए। अध्ययनका लागि अस्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको सङ्ख्या धेरै रहेको छ। हाल औसतमा दैनिक ६ सय जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ।

    प्रकाशित मिति :चैत्र २४ २०७९ शुक्रवार - १२:३२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij