२०८२ मंसिर २ गते मंगलवार
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा आज युएसएआडी स्वच्छ हावा परियोजनासँगको सहकार्यमा मन्त्रालयको मूलगेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौँमा मात्र भएको थियो। दीर्घकालीन फोक्सोको रोग (COPD) नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ।
वायु गुणस्तर खस्कदै गएकाले वायु प्रदूषण कम गर्न चेतना अभिवृद्दि एवं सरोकारवाला निकायहरूसँग समन्वय र वकालत भैरहेको छ । यस कृतिम फोक्सो मार्फत मन्त्रालयले वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावहरू बारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम प्रदूषणको समयमा सकेसम्म घर बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।‘

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij