२०८२ भाद्र २ गते सोमवार
रामेछापमा बोलेरो गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
बिहीबार साँझ ५ बजे मरामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी होम पराजुलीले जानकारी दिए। बा ११ च ५५३ नम्बरको हाइलक्स गाडी दुर्घटनामा परेको हो। दुर्घटना हुँदा ९ जना घाइतेको उद्धार गरी अस्पतालमा पठाएको पनि उनले बताए।
‘हामीले उद्धार गरेर १० जनालाई उपचारको लागि अस्पताल पठाएका थियौं,’ उनले भने,‘उपचारको क्रममा एक जनाको मृत्यु भयो। मृतक संख्या ५ पुग्यो।’
दुर्घटनामा परेको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेको हो। मृतक सबैको सनाखत भएको छ। मन्थली नपा-७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ छन्।
कौछिनीका ५० वर्षीय चालक दलबहादुर आलेमगरको उपचारको क्रममा मृत्यु भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij