Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपनिर्वाचनको लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरियो

उपनिर्वाचनको लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरियो


  • 2.3K
    Shares

    उपनिर्वाचनको लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरियो

    काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि खर्चको सीमा तोकेको छ ।

    आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको हो । उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए अनुसार हुनेगरी चितवन २ र बारा २ का लागि २९ लाख र तनहुँ १ का लागि ३१ लाख खर्च गर्न पउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    उम्मेदवारले आयोगले तोकेको खर्चको सीमाभित्र रही निर्वाचनमा खर्च गर्न पाउने छन् । उम्मेदवारले गरेको खर्च विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ ।  

     

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - १५:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij