२०८२ माघ ७ गते बुधवार
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा पुगेको छ।
मंगलबार सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कायम छ।
अघिल्लो दिन चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij