Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिड २०२३ सम्पन्न, सिओटि, टिओटि तथा एमडिआरटिहरूलाई सम्मान

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिड २०२३ सम्पन्न, सिओटि, टिओटि तथा एमडिआरटिहरूलाई सम्मान


  • 2.6K
    Shares

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिड २०२३ सम्पन्न, सिओटि, टिओटि तथा एमडिआरटिहरूलाई सम्मान
    images

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडिआरटी मिट  सम्पन्न भएको छ । धुलिखेल काभ्रेपलाञ्चोकमा आयोजित उक्त कार्यक्रममा एमडिआरटी २०२३ का लागि मनोनित सदस्यहरूलाई सम्मान गरिएको थियो । 

    कार्यक्रममा सम्पूर्ण एमडिआरटीहरूको सम्मान, सिओटि हुन सफल गौरब कुमार शाही र टिओटि कमलप्रसाद घिमिरेलाई विशेष गरिएको कम्पनीले जनाएको छ । टिओटि कमलप्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरूले उक्त कार्यक्रममा सिओटि, टिओटि तथा एमडिआरटिहरूलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । 

    News suryajyoti.JPG

    कार्यक्रममा उपस्थितहरूले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरू समावेश गरिएको छ । 

    यस कार्यक्रमले आगामी वर्षहरूमा एमडिआरटि सङ्ख्या अझ बृद्धि गर्ने हौसला मिलेको सिओटि शाहीले जानकारी दिए । त्यस्तै, टिओटि घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी गराए । 

    वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए । 

    News suryajyoti1.JPG

    प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडिआरटीहरूको सङ्ख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए । 

    सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको ISO 9001:2015 बाट सम्मानित सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु.४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७९ आइतवार - ११:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij