२०८२ भाद्र २ गते सोमवार
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्षदेखि अधिकतम २६ वा सो भन्दा माथि अवधिका बीमालेखले न्युनतम ६४ हजार देखि अधिकतम ८५ हजार रुपैयाँ सम्म बोनस पाउने छन् ।
यसका साथै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत न्युनतम ९ वर्ष देखि अधिकतम २६ वा सो भन्दा माथिको अवधि भएका बीमालेखमा बीमितले न्युनतम ६४ हजार रुपैयाँ देखि अधिकतम ८५ हजार रुपैयाँ सम्म बोनश पाउनेछन् ।
साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ९ वर्षदेखि अधिकतम २० बर्ष वा सो भन्दा माथिको अवधिका बीमालेखहरुमा बीमितले न्युनतम ६३ हजार रुपैयाँ देखि अधिकतम ६४ हजार रुपैयाँ सम्म बोनश पाउने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij