२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कोरोना भाइरसको महामारी बढ्ने क्रममा रहेको छ । शनिबार ३८ जना संक्रमित थपिएका छन् । ११८ जनाको पीसीआर परीक्षणमा १५ जना संक्रमित पाइएका छन् । यो परीक्षणको १३ प्रतिशत हो ।
त्यस्तै ५३८ एन्टिजेन परीक्षणबाट २३ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेनबाट संक्रमित पाइएकाहरुको तथ्याङ्क राख्दैन । मन्त्रालय स्रोतका अनुसार एन्टिजेनको तथ्याङ्क सही पनि आउँदैन ।
जम्मा ७ जना संक्रमणमुक्त भएका छन् । थप ५१ हजार ९९८ जनाले खोप लगाएका छन् । सक्रिय संक्रमितको संख्या १७१ पुगेको छ । सरकारले सीमानाकामा कडाइ नगरेका कारण पनि अहिले तीव्र गतिमा संक्रमण फैलिएको छ । भारतमा तीव्र गतिमा संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij