२०८२ भाद्र २ गते सोमवार
जनकपुरधाम । महोत्तरीमा एसईईको परीक्षाको सूरक्षाका लागि परीक्षा केन्द्रमा खटेका एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
शुक्रबार महोत्तरीको बलवा नगरपालिका– १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो।
पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रीएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको थियो । उपचारको क्रममा बिहान करिब साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए। रौतहटको गौर नगरपालिका– २ घर भएका असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij