Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा


  • 3.1K
    Shares

    प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

     प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा ल्याएको हो ।जसअनुसार १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

    हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

    तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई सेयर बिक्री खुला गरिने पनि बैंकले जनाएको छ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १३:१७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij