२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन ट्रेजरी बिल सोझै खरिद बोलकबोल (आउटराइट पर्चेज) गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको छ ।
१६ चैत बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने उक्त आउटराइट पर्चेजको १७ चैत शुक्रबार खरिद हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग लाग्ने खरिद गर्न चाहेको रकमसम्म बोलकबोल पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्षमा यसअघि पनि केन्द्रीय बैंकले आउटराइट पर्चेज मार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाइसकेको छ । ९ भदौमा २५ अर्ब, ६ असोजमा ४० अर्ब, २४ कात्तिकमा ३० अर्ब र ८ मंसिरमा २० अर्ब रुपैयाँ बराबरबको ट्रेजरी बिल आउटराइट पर्चेज मार्फत खरिद गर्न प्रस्ताव आह्वान गरेको भएपनि उक्त ८३ अर्ब ८५ करोड रुपैयाँ मात्रैको खरिद गरेको थियो।
ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij