२०८२ भाद्र १० गते मंगलवार
नविल बैंक लिमिटेडले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैकले सो शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्नको लागि बैकले यसअघि नै विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकतामा राखी सार्वजनिक सूचना समेत प्रकाशन गरेको थियो । तर, सो शेयर खरिदका लागि अब बैंकका विद्यमान संस्थापक सेयरधनीहरु लगायत अन्य व्यक्ति,संस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले ७ दिन भित्र बैंकको शेयर रजिष्ट्रार नलिब इन्भेष्टमेन्ट बैंकिङबाट प्राप्त गर्न सकिने फारममा उल्लेखित शर्तहरुका अधिनमा रही पेश गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij