Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने

लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने


  • 2.4K
    Shares

    लोसपाबाट बारा २ मा राजेन्द्र महतो चुनाव लड्ने
    images

    बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उठ्ने भएका छन्। बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोतलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो।

    'आज बसेको हाम्रो पार्टी कार्यकारिणी समितिको बैठकले नेता महतोलाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ', बैठकमा सहभागी एक नेताले भने, 'उपेन्द्रजी बारा जाने भएपछि जनतामा ब्यापक असन्तुष्टि रहेछ। वहाँहरुकै अनुरोधमा महतोजीलाई पठाउने निर्णय भएको हो।'

    महतो सम्भवत शुक्रबार नै चुनावी तयारीका लागि बारा २ मा पुग्ने भएका छन्। उनी मंसिर ४ को निर्वाचनमा सर्लाही २ माओवादीका उम्मेदवार महिन्द्र राय यादवसँग पराजित भएका थिए। 

    बारा २ मै सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन्। मंसिर ४ को निर्वाचनमा माओवादी केन्द्रबाट उठेर जसपाका रामसहायप्रसाद यावदसँग ३५४ मतको झिनो अन्तरले पराजित उनी जनमत प्रवेश गर्दै चुनावी तयारी थालेका हुन्। 

    बारा २ बाट निर्वाचित रामसहाय गत चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा विजयी भएसँगै बारा २ को प्रतिनिधिसभा सिट अहिले खाली छ। 

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:१५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij