Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

कांग्रेसबाट रक्षामा खड्का र अर्थमा महत पक्का, अरू को–को बन्दैछन् मन्त्री?

कांग्रेसबाट रक्षामा खड्का र अर्थमा महत पक्का, अरू को–को बन्दैछन् मन्त्री?


  • 2.0K
    Shares

    कांग्रेसबाट रक्षामा खड्का र अर्थमा महत पक्का, अरू को–को बन्दैछन् मन्त्री?
    images

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरू पठाउने भएको छ । कांग्रेसले ८ वटा मन्त्रालय लिने दलहरूबीच सहमित भएपछि कांग्रेस खड्काको नेतृत्वमा बिहीबार सरकारमा जाने तयारी गरको हो ।

    खड्काले उपप्रधानमन्त्रीसहित रक्षामन्त्री पाउने पक्का भएको छ । यसैगरी अर्थमन्त्रीमा सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महत लगभग निश्चित भएको छ ।

    चैत १२ गते बसेको कार्यसम्पादन समितिको बैठकले योपटक योगदान, योग्यता र समावेशीतालाई आधार बनाएर मापदण्ड तय गरेको छ ।

    त्यस्तै सुदूरपश्चिमबाट एनपी साउद पनि मन्त्री बन्ने लगभग निश्चित भएको नेता रमेश रिजालले जानकारी दिए । सिमित संख्यामा मन्त्री बन्न कांग्रेसमा ५० जना भन्दाबढीको दाबी रहेको छ । शेखर समूहलाई २ मन्त्रालय दिने देउवाले तयारी गरेका छन् ।

    शेखर समूहबाट गण्डकीका धनराज गुरुङ र कोशीका डीकबहादुर लिम्बू मन्त्री बन्ने सम्भावना बलियो छ । यसैगरी मन्त्री बन्नेमा सीता गुरुङ, रमेश रिजाल पनि मन्त्री बन्ने लाइनमा छन् ।

    यसअघि सरकारमा जान इच्छा देखाएका अर्जुननरसिंह केसी र लुम्बिनीका किशोरसिंह राठोर मन्त्री नबन्ने भएका छन् । देउवा नेतृत्वको सरकारमा मात्र जाने सभापतिलाई जानकारी गराएको उनले बताए ।

    बिहान बसेको गठबन्धनको बैठकले दलहरूले पाउने मन्त्रालयसंख्या टुंगो लगाएको थियो । कुन दलले कुन मन्त्रालय पाउने भन्नेमा सहमति भएको छैन । प्रधानमन्त्री चितवन गएकाले उनी फर्किएपछि दिउँसो २ बजे बस्ने बैठकले मन्त्रालयको जिम्मेवारीसम्बन्धमा टुंगो लगाउने भएको छ । बेलुकासम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद पूर्णता दिने तयारी गरेका छन् ।

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - १०:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij