२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको तलब भत्ता नपुग हुने भएमा कार्यक्रम कार्यन्वयन पुस्तिकाको अनुसूची १ को ढाँचामा विवरण पठाउन निर्देशन दिएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० को अनुसूची १ को ढाचाँमा फाराम भरी शिक्षा विकास तथा समन्वय एकाइमार्फत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।
स्थानीय तहलाई नपुग तलब भत्ता सम्बन्धी विवरण हालसम्म प्राप्त नभएकोले तलब भत्ता पुग नपुग के हुनेहो सो को विवरण तयार पारी चैत २० गतेभित्र केन्द्रको इमेलमा पठाउन सूचित गरेको छ ।
हेर्नुहोस सूचना :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-13-899147558.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij