Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आजदेखि निःशुल्क स्वास्थ्य परामर्श सेवा, कस्तो र कसरी लिने ?

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आजदेखि निःशुल्क स्वास्थ्य परामर्श सेवा, कस्तो र कसरी लिने ?


  • 2.9K
    Shares

    वैदेशिक रोजगारमा रहेका नेपालीलाई आजदेखि निःशुल्क स्वास्थ्य परामर्श सेवा, कस्तो र कसरी लिने ?

    वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीलाई आज स्वास्थ्य समस्या समाधानका लागि निःशुल्क सुझाव, सल्लाह र परामर्श सेवा दिन सुरु गर्दै छ।

    वैदेशिक रोजगार बोर्डका प्रवक्ता एवं सूचना अधिकारी राजन पौडेलले अहिले बिहान १० बजेदेखि विदेशमा रहेका श्रमिक नेपालीहरूलाई स्वास्थ्य सल्लाह दिन थालिने जानकारी दिए। ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई आजदेखि हामी निःशुल्क स्वास्थ्य परामर्श दिनेछौँ’, उनले भने। 

    स्वास्थ्य सल्लाह लिन चाहने श्रमिक नेपालीले ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरका भाइबर, हृवाट्सएप, इमो वा अन्य सामाजिक सञ्जालबाट फोन गरेर विशेषज्ञबाट सल्लाह लिन सक्नेछन्।

    ‘उहाँहरूलाई हामी समस्याका लागि आवश्यक औषधि लेखेर सामाजिक सञ्जालबाटै प्रेप्क्रिप्सन पठाउनेछौँ’, प्रवक्ता पौडेलले भने, ‘त्यसअनुसार उहाँहरूले नेपाली औषधि पसलमा गएर किनेर खानसक्नुहुन्छ।’ 

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १२:१०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij