२०८२ माघ ७ गते बुधवार
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६१ हजार ४२५ कित्ता सेयर बिक्री खुला गरेको हो ।
बैंकका संस्थापक सेयरधनी राजेन्द्र कुमार घिसिङले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १३ गते) ले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौं टंगाल २ वा सेयर रजिष्ट्रार कुमारी क्यापिट काठमाडौं १ नक्सालमा आवेदन दिन सकिनेछ ।
साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij