Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपाल राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै, ५ अर्ब नयाँ ऋण उठाइने

नेपाल राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै, ५ अर्ब नयाँ ऋण उठाइने


  • 2.4K
    Shares

    • images
    नेपाल राष्ट्र बैंकले २२ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै, ५ अर्ब नयाँ ऋण उठाइने
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब १० करोड २५ लख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।

    सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेसं नयाँ ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १७ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरणको लागि बोलकबो हुन लागेको हो ।

    सोमबार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्न लागिएको केन्द्रिय बैंक्ले जनाएको छ । यस्तै ९१ दिन अवधिको ५ अर्बको नयाँ ट्रेजरी बिल जारी हुँदै भने ९१ दिन अवधिकै ६ अर्बै ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुँदैछ ।

    यस्तै ९१ दिन अवधिको ६० करोड रुपैयाँ बराबर र ३६४ दिन अवधिको ५ अर्ब बराबरको ट्रेजरी बिल पनि नवीकरणको लागि सोमबार बोलकबोल हुन लागेको हो ।यसअघि ६ चैतमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ८.६८ प्रतिशत कायम हुँदा ९१ दिन अवधिको ट्रेजरी बिलको ९.४२ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरी बिलको ९.४१ प्पतिशत र ३६४ पदिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.६० प्रतिशत कायम भएको थियो ।

    एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र ट्रेजरी बिल हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - १३:०५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij