Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैशाखदेखि कर्जाको ब्याजदर घट्ने, हाल कुन बैंकको सस्तो, कुनको महँगो?

वैशाखदेखि कर्जाको ब्याजदर घट्ने, हाल कुन बैंकको सस्तो, कुनको महँगो?


  • 2.5K
    Shares

    वैशाखदेखि कर्जाको ब्याजदर घट्ने, हाल कुन बैंकको सस्तो, कुनको महँगो?

    गत माघ १ गतेदेखि लागू हुने गरी बैंकर्स संघले मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। 

    माघमा मुद्दतीको ब्याजदर घटाएपछि चैतदेखि लागू हुने गरी साधारण निक्षेपको ब्याजदर ०.४ प्रतिशतले घटाइयो। निक्षेपको ब्याजदर घटाउने निर्णय भएपछि कर्जाको ब्याजदर पनि परिवर्तन हुने देखिन्छ। तर, आगामी १ वैशाखदेखि मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने भएको छ। 

    त्रैमासिक रूपमा आधारदरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्ने भएकाले निक्षेपको ब्याजदर घटे पनि यसको असर तत्काल देखिनेछैन। माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति हुन्छ सोही अनुपातमा वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने बैंकरहरूको भनाइ छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा बैंकको खर्चसमेत घट्ने भएकाले आधारदर पनि घट्ने हुन्छ।

    चैत मसान्तसम्म कुन वाणिज्य बैंकको कर्जा सबैभन्दा सस्तो?

    हाल सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराइरहेको छ। 

    बैंकले न्यूनतम १४.२९ देखि १६.२५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ। चालू आवको माघमा बैंकको आधारदर सबैभन्दा कम ९.२९ प्रतिशत रहेको छ। माघमा बैंकको कर्जा सबैभन्दा सस्तो देखिएको छ। 

    त्यसैगरी दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा सस्तो देखिएको छ। चालू आवको माघ मसान्तसम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ९.८६ प्रतिशत छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ। 

    तेसो सस्तो ब्याजदर भएको बैंक एभरेष्ट बैंक हो। बैंकको आधार दर ९.८६ प्रतिशत छ। यसमा बैंकले ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेको छ। जसकारण अन्य वाणिज्य बैंकहरुभन्दा नेपाल बैंकको कर्जा सस्तो छ।  

    फागुनमा बैंकर्स संघले कर्जाको लिने प्रिमियम दर घटाउने निर्णय गरेको थियो। तर, प्रिमियम दर १ प्रतिशत प्रिमियम घटाउने निर्णय कार्यान्वयन आएको छैन। 

    प्रिमियम दर घटाउँदा चैतमा कर्जाको ब्याजदर यसै पनि घट्ने थियो। चैतसम्म अधिकांश बैंकले ५ प्रतिशत नै प्रिमियम तोकेर कर्जा प्रवाह समेत गरिरहेका छन्। केही बैंकहरुले ६ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। 

    कुन बैंकको कर्जा सबैभन्दा महँगो?

    सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंकको आधार दर ११ प्रतिशतमाथि छ। 

    यी वाणिज्य बैंकहरुको आधार दर उच्च हुँदा कर्जा समेत महँगो भएको हो। 

    सबैभन्दा महँगो कर्जा सनराइज बैंकको छ। बैंकको फागुनमा तय गरेको आधार दर ११.४९ प्रतिशत छ। सोही आधारदरमा बैंकले ५ प्रतिशत प्रिमियम तोकर कर्जा प्रवाह गर्दै आइरहेको छ। 

    त्यसैगरी सिटिजन्स बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेको छ। 

    लक्ष्मी बैंकले ११.२२ प्रतिशत, माछापुच्छ्रे बैंकले ११.३५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ११.३४ प्रतिशत र प्रभु बैंकको ११.२१ प्रतिशत आधार दरमा प्रिमियम तय गरी कर्जा प्रभाव गरिरहेका छन्। 

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - २०:०७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij