Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विश्व बैंकले नेपाललाई दिने भयो झण्डै १६ अर्ब अनुदान

विश्व बैंकले नेपाललाई दिने भयो झण्डै १६ अर्ब अनुदान


  • 2.1K
    Shares

    • images
    विश्व बैंकले नेपाललाई दिने भयो झण्डै १६ अर्ब अनुदान
    images

    काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको छ ।

    विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो । यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।

    माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

    यसले नयाँ संघीय राज्यको महत्वकांक्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत समर्थन गर्ने उनको भनाइ छ । यो अनुदान कोभिड-१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ । साथै छात्रवृत्ति कार्यक्रममा समेत यसको प्रयोग हुने भएको छ ।

     

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - १४:४५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij