Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रभु क्यापिटलले दियो काठमाडौं बाहिरका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने तालिम

प्रभु क्यापिटलले दियो काठमाडौं बाहिरका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने तालिम


  • 1.9K
    Shares

    • images
    प्रभु क्यापिटलले दियो काठमाडौं बाहिरका सदस्यहरुलाई सेयर बजार सम्बन्धी १ दिने तालिम
    images

    प्रभु क्यापिटल लिमिटेडले चैत्र ११ गते शनिबारको दिन काठमाडौं बहिरा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी १ दिने तालिम तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    “ग्लोबल मनि विक—२०२३” को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्य सहित काठमाडौं बहिरा संघ नेपालको सहयोगमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो । काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको  कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

    कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउदैं आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

    कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख श्री बसन्ता उपाध्यायले कार्यक्रमको समापन मन्तव्य राख्नुहुँदै “ग्लोबल मनि विक २०२३” को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताँउदै तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको जनाए ।

    प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - १३:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij