Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बलिउडका निर्देशक प्रदीप सरकारको निधन

बलिउडका निर्देशक प्रदीप सरकारको निधन


  • 1.9K
    Shares

    • images
    बलिउडका निर्देशक प्रदीप सरकारको निधन

    चर्चित चलचित्र निर्देशक प्रदीप सरकारको निधन भएको छ। उनले ६७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो। फिल्म निर्माता र उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा उनको मृत्युको जानकारी दिएका छन्।

    प्रदीपले परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म निर्देशन गरेका थिए। रिपोर्टमा केहि समयदेखि शरिरमा पोटासियमको मात्रा घटेका कारण उनको डायलासिस भइरहेको थियो।

    अचानक गाह्रो भएपछि उनलाई सबेरै बिहान ३ बजे अस्पताल लगिएको थियो। बिहान ४ बजे डाक्टरले उनलाई मृत घोषित गरेका हुन्।

    प्रदीप सरकारले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनमा डेब्यु गरेका थिए। उनले सन् २००७ मा ‘लागा चुनरी मे दाग’, २०१० मा ‘लफंगे परिन्दे’ र सन् २०१४ मा रानी मुर्खजीको फिल्म ‘मर्दानी’ निर्देशन गरेका थिए। फिल्मका अलावा उनले फोर्बिडन लभ र दुरंगा जस्ता वेब सिरिज पनि निर्देशन गरेका छन्।

    प्रदीपको निधनमा बलिउड उद्योग शोकमा डुबेको छ। उनको निधनपछि अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘यो घटना निकै स्तब्ध भएको छु। हजुरको आत्माले शान्ति पाओस् दादा।’

     

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - ११:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij