२०८२ मंसिर ३ गते बुधवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।
‘संघमा तीन मन्त्रालय र प्रदेशको एक मन्त्रालय दावी गर्नेगरी पार्टीमा कुरा भएको हो । सोहीअुनसार अध्यक्षले प्रधानमन्त्रीसँगको आजको भेटमा कुरा राख्नुभएको छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘त्यसमा प्रधानमन्त्रीले कसरी मिलाउन सकिन्छ म मिलाउने प्रयास गर्छु भन्ने जवाफ दिनुभएको छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij