Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

५ खर्बले बढ्यो बैंकहरुको निक्षेप, कुन महिनामा कति रकम भित्रियो ?

५ खर्बले बढ्यो बैंकहरुको निक्षेप, कुन महिनामा कति रकम भित्रियो ?


  • 2.0K
    Shares

    • images
    ५ खर्बले बढ्यो बैंकहरुको निक्षेप, कुन महिनामा कति रकम भित्रियो ?
    images

    पछिल्लो १ वर्षमा बैंकिङ क्षेत्रको निक्षेप ५ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसको तथ्यांकले यस्तो देखाएको हो ।

    गत आवको सोही अवधीमा बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेपको ४८ खर्ब ७८ अर्ब रुपैयाँ थियो । चालु आवको माघ मसान्तसम्म आउँदा त्यो १०.४१ प्रतिशतले बढेर ५३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ ।

    समिक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप मात्रै ४७ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । विकास बैंकहरुको कुल निक्षेप भने ५ खर्ब ३२ अर्ब ५७ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । यसैगरि वित्त कम्पनीहरुको कुल निक्षेप १ खर्ब ९ अर्ब १९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको भनाइ छ ।

    यद्यपि, गत बुधबारसम्म बैंक तथा वित्तय संस्थाहरुको कुल निक्षेप थप बढेर ५४ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । बुधबारसम्म वाणिज्य बैंकहरुको मात्रै निक्षेप ४७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप भने ६ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।

    गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ क्षेत्रमा तरलता अभाव व्यापाक रुपमा हुँदै आएको छ । अझै पनि बैंकहरु तरलताको हिसावले सहज अवस्थामा छैनन् । तर, बैंकहरुको कुल निक्षेप भने एक वर्षमै ५ खर्ब रुपैयाँ बढीले थपिएको छ ।

    यद्यपि, मासिक रुपमा गत साउनमा निक्षेप १ खर्ब २३ अर्ब रुपैयाँले घटेको थियो । असार मसान्तसम्म ५१ खर्ब ५९ अर्ब रहेको बैंक निक्षेप साउन मसान्तसम्म आउँदा ५० खर्ब ३६ अर्ब रुपैयाँमा खुम्चिएको थियो ।

    अन्य महिनाहरुमा भने निक्षेप निरन्तर बढेको छ । पछिल्लो समय त निक्षेप उच्च दरमा नै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउछ । चालु आवको दोस्रो महिना अर्थात भदौमा भने बढेर ५० खर्ब ९२ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि बैंकहरुको निक्षेप क्रमशः बढेको छ । असोज महिनामा बैंकहरुको निक्षेप ८० अर्ब रुपैयाँले वृद्धि भई ५१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको थियो । कात्तिक महिनामा भने थप ११ अर्ब रुपैयाँले वृद्धि भई ५१ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो ।

    यस्तै, मंसिरमा भने बैंकहरुको निक्षेप ६६ अर्ब रुपैयाँ वृद्धि भई ५२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
    त्यसैगरि गत पुस मसान्तसम्ममा भने बैंकको कुल निक्षेप ५३ खर्ब ६१ अर्ब रुपैयाँ कायम भएको छ । जुन गत मंसिर महिनाको तुलनामा भने थप १ खर्ब १२ अर्ब रुपैयाँले बढी हो ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १६:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij