Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभामुख घिमिरेको अधिकार कटौती गर्न सांसदद्वारा नियमावली संशोधन

सभामुख घिमिरेको अधिकार कटौती गर्न सांसदद्वारा नियमावली संशोधन


  • 1.8K
    Shares

    सभामुख  घिमिरेको अधिकार कटौती गर्न सांसदद्वारा नियमावली संशोधन

    काठमाडौँ । प्रतिनिधिसभा नियमावली, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा सभामुखका अधिकार कटौती गर्ने गरी सत्तापक्षका सांसद्हरुले संशोधन हालेका छन्।

    नियमावलीको नियम १३ मा एउटा उपनियम थप गरेर सभामुखका अधिकार कटौती हुने व्यवस्था थप्न उनीहरूले प्रस्ताव गरेका छन्।

    सभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट देवराज घिमिरे चुनिएका छन्। उनको अधिकार क्षेत्र कटौती गर्दै कार्य व्यवस्था परामर्श समितिलाई बलियो बनाउने तयारी सत्ता पक्षका दलहरूले गरेका छन्।

    नियमावलीको नियम १३ मा कार्य व्यवस्था परामर्श समितिका विषयमा उल्लेख छ। त्यसमै उपनियम ४ थप्ने प्रस्ताव छ। प्रस्तावमा भनिएको छ, ‘यस नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णय अनुसार मात्र गर्नेछन्।’

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १५:०१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij