Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

चेम्बर पदाधिकारीले राष्ट्रपतिसमक्ष गरे उच्च ब्याजदरबारे गुनासो

चेम्बर पदाधिकारीले राष्ट्रपतिसमक्ष गरे उच्च ब्याजदरबारे गुनासो


  • 1.6K
    Shares

    चेम्बर पदाधिकारीले राष्ट्रपतिसमक्ष गरे उच्च ब्याजदरबारे गुनासो
    images

     नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर उच्च ब्याजदर तथा अर्थतन्त्रका समस्याबारे जानकारी गराएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले शितल निवासमा पौडेललाई भेटेर उच्च ब्याजदरका कारण उद्योगी व्यवसायी मर्कामा परेको गुनासो गरेको छ ।

    ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । उच्च ब्याजदरका कारण उद्यमी व्यवसायीमा गम्भीर असर परेको छ’ भेटवार्तामा अध्यक्ष मल्लले भने । आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्ने बताए ।

    राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताए । जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ छ ।

    राष्ट्रपति पौडेलले भने ‘सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु ।’ वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलले बताए । मुलुकभित्र उत्पादन वृद्धि एवम् रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - १४:५५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij