Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा


  • 1.9K
    Shares

    सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
    images

    सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्। 

    जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्। उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

    कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता आइपिओ निष्कासन गरेको थियो।

    कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयरमध्ये ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ। 

    यस्तै, ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कम्पनीले  सर्वसाधारणमा वितरण गरेको हो। 

    लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - ११:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij