२०८२ भाद्र १० गते मंगलवार
बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो । बैंकले रकमको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ ।
बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई ऋण प्रवाह गर्ने काम गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो ।
बैंकमा कारोबार गर्दाका फाइदाहरु
–बैंकमा बचत गरिएको रकम सुरक्षित हुन्छ ।
–बैंकमा बचत गर्नाले बचत रकम अनुसारको ब्याज पाइन्छ ।
–आवश्यक परेको बेलामा बैंङ्कबाट रकम झिकेर प्रयोग गर्न सकिन्छ ।
–बैंकमा खाता भयो भने देश वा विदेशबाट पैसा पाउन वा पठाउन सकिन्छ ।
–आवश्यक परेको बेलामा बैंङ्कबाट ऋण लिन सकिन्छ ।
–बैंक खाताबाट सामाजिक सुरक्षा भत्ता, पेन्सन, तलब वा सरकारबाट प्रदान हुने रकमहरू प्राप्त गर्न सकिन्छ ।
–बैंक तथा वित्तीय संस्थाको सेवा लिने मान्छेले एक ठाउँबाट अर्को ठाउँमा जाँदा धेरै ठूलो रकम बोकेर हिँड्नु पर्ने झन्झट समेत हुँदैन् ।
विभिन्न ठाउँमा भएका बैंकहरूका शाखा वा एटिएम मेशिनबाट आवश्यक रकम झिक्न सकिन्छ । यसरी पैसा हराउने वा लुटिने जोखिम कम समेत कम हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij