Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स बिहीबारबाट एकीकृत कारोबार सुरु हुँदै, कस्तो बन्दैछ नयाँ कम्पनी ?

सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स बिहीबारबाट एकीकृत कारोबार सुरु हुँदै, कस्तो बन्दैछ नयाँ कम्पनी ?


  • 2.2K
    Shares

    सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स बिहीबारबाट एकीकृत कारोबार सुरु हुँदै, कस्तो बन्दैछ नयाँ कम्पनी ?
    images
    सानिमा र रिलायन्स लाइफ इन्सुरेन्स एक आपसमा मर्ज भएर बिहीबार (चैत ९ गते) बाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न बिमा प्रधिकरणले फागुन १८ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २९ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ ।
     
    मर्जरपश्चात् कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ रहनेछ । उनीहरू समान हैसियत अर्थात् १ः१ को स्वाप रेसियोमा मर्ज गर्न सहमत भएका छन् । मर्जरमा जान कम्पनीहरूले गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । दुवै कम्पनीको गत फागुन १२ गते एकै दिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

    मर्ज पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी हुने छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख र रिलायन्स लाइफ २ अर्ब १० करोड रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनीको सञ्चालकमा भने दुवै कम्पनीको तर्फबाट ३/३ जना सञ्चालक चुनिने भएका छन् । हाल मर्जर कमिटीमा रहेका ६ जना नै नयाँ बन्ने कम्पनीको सञ्चालक हुने समझदारी बनेको छ ।

    मर्जपछि बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने शिवनाथ पाण्डेलाई ल्याउने तयारी भएको जनाइएको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका व्यक्ति हुन् । उनलाई दुवै कम्पनीको मर्जर कमिटीले सानिमा रिलायन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने तयारी भएको हो ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - ११:४८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij