Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सेञ्चुरी बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न सकिने सुविधा

सेञ्चुरी बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न सकिने सुविधा


  • 8.6K
    Shares

    सेञ्चुरी बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न सकिने सुविधा

    काठमाडौं । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । 

    बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित देशका विभिन्न स्थानमा शाखाहरु पनि विस्तार गरिरहेको यस बैंकले अहिले विभिन्न बैंकिङ्ग समस्याको समाधानको लागि डिजिटल बैंकिङ्गलाई सहज बनाएको छ । 

    बैंकले दुई अनलाइन एकाउन्ट सेवा सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट सञ्चालनमा ल्याएको छ । अब ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खाताहरु खोल्न सक्नेछन् । 

    शून्य मौज्दातमा खाताहरुमा बैंकले वार्षिक ५.५०%को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ । सेञ्चुरी सहज खातामा नयाँ खाता खोल्न र उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी ‘सेन्चरी पे’ मार्फत वालेटको कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ । 

     

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - १०:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij