Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?


  • 2.3K
    Shares

    • images
    घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज सोमबार ७०० रुपैयाँले मूल्य घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ३०० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको थियो । र, यो नेपाली बजारमा अहिलेसम्मकै किर्तिमानी मूल्य हो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम छ । हिजो आइतबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढ्दै गइरहेको छ । विश्वबजारमा सुनको मूल्य निरन्तर बढ्दाको प्रभाव नेपाली बजारमा समेति देखिइरहेको छ ।

    महासंघले आज चाँदीको मूल्य समेत घटेको जानकारी दिएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम थियो । जुन, आज १५ रुपैयाँले घट्दै तोलामा १३ सय ३० रुपैयाँ कायम भएको हो ।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - ११:२८:१२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij