Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिबारे खतिवडाले संसदमा जनाए विरोध

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिबारे खतिवडाले संसदमा जनाए विरोध


  • 1.5K
    Shares

    ‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिबारे खतिवडाले संसदमा जनाए विरोध
    images

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाका सभामुखले पत्रकारबारे दिएको अभिव्यक्तिबारे संसद् बैठकमा बोलेका छन्।

    सांसद खतिवडाले पत्रकारका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका हुन्। बैठकमा सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए।

    उनले भने, 'सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिका प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्।'

    सभामुख घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसामु आफ्नै कार्यकक्षमा शुक्रबार पत्रकारहरूका विषयमा दिएको अभिव्यक्ति विवादित भएको थियो। उक्त अभिव्यक्तिको नेपाल पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाजलगायतले विरोध गरेका थिए। सभामुखको उक्त विवादित अभिव्यक्तिमाथि संसद्‌मा नै प्रश्न उठेको हो।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १४:०७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij