२०८२ मंसिर ४ गते बिहिवार
राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७ सडेपारकी एक युवती मागे जती दाइजो न ल्याएको निहुँमा प्रताडित भएकी छिन ।
२२ वर्षिया सुमन कुमारी मण्डल यसरी श्रीमान, सासु, ससुरा र नन्दबाट दाइजोका लागी प्रताडीत भएकी हुन । बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले श्रीमान राधेश्याम, ससुरा शत्रुघन, सासु सोभा र नन्द अनिताले मागे जतीको दाईजो न ल्याएको भन्दै निर्घात कुटपीट गर्दै घर निकाला समेत गरिदिएको गुनासो पोखेकी छिन । सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ टोल माईती भएकी सुमनको २०७८ साल फागुन २९ गते तिलाठी कोईलाडी गाउँपालिका ७ सडेपारका राधेश्याम संग विवाह भएको थियो ।
दुबै पक्षका अभिभावकको सहमतीमा भएको विवाहमा २ लाख ५० हजार नगद, आधी तोला सुनको गरगहना, लत्ताकपडा, भाँडाकुडा र फर्निचर लगायतका सामग्री दिएको सुमनका बुआ कृष्णदेवको भनाई छ । तर थप दाईजोको रुपमा गाउँ मै आफ्नो नाममा रहेको ५ कठ्ठा जग्गा माग्दै दवाव दिन थालिएको र असमर्थता ब्यक्त गरेपछि छोरीलाई शारिरीक, मानसिक यातना दिन थालिएको बुआ कृष्ण देवले सुनाए ।
यत्रिमात्र होइन । विहे भएको ४ महिना न वित्दै कुटपीट गर्दै छोरीलाई घर निकाला समेत गरिदिएको उनले सुनाए । उनले छोरीलाई यसरी यातना दिनेमाथी कारवाहीको माग गर्दै न्यायका लागी प्रहरी हुदै अदालत सम्म पुगेको बताएका छन ।
पत्रकार सम्मेलनमा सुमनले घर निकालामा परेको लामोसमय समाजिक स्तरमा मिलाउने प्रयास मै विते पनि सफल नभएपछि ढिलो गरी न्यायका लागी सरोकारावाला निकायमा पुग्न थालेको बताएकी छिन । आफु रंगले गोरो नभइ काली भएकीले विहे गरेको पहिलो दिन देखी नै श्रीमान बाटै तिरस्कारको सुरुआत भएको उनको कथन छ । त्यसपछी दाईजोको निहँुमा पुरै परिवारले यातना दिन थालेको उनले सुनाईन ।
अर्को विहे गर्ने बाटो खुृला होस भन्ने मनसायले पनि आफु संग यस्तो ब्यवहार भएको उनको कथन छ । उनले विवाह दर्ताका लागी दवाव दिदा पटक÷पटक श्रीमान, सासु, ससुरा र नन्दसहित सिंगो परिवारबाट यातना भोग्नु परेको सुनाईन । सुमनलाई ससुराली पक्षले घरमा राख्न अस्विकार गरेपछी उनी लामो समय देखी माईती मै वस्दै आएकी छिन । उनले न्याका लागी पहल गरिदिन सबै संग आग्रह गरेकी छिन । उनका श्रीमान राधेश्याम संग पटक/पटक जानकारी लिने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
जिल्लामा एक पछि अर्को महिला हिंसा र यस्ता प्रकृतिका घट्ना हुन थालेपछी चिन्ता ब्यक्त गर्दै स्थानीय बुद्धीजीवीहरुले न्युनिकरणका लागी कानूनी व्यवस्थाको कडाईका साथ कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij