Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर

बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर


  • 1.5K
    Shares

    बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर
    images

    स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लिएर बाजुराको बुढीनन्दा क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको छ।]

    नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम–लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरुबिच झडप भएको हो। 

    स्ववियु निर्वाचन मतदानको क्रममा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए। मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास र हवाई फायर गरेको डीएसपी बोहोराले जानकारी दिए। 

    बोहोराले अहिले स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिए। दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको जानकारी दिए।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १३:५२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij