२०८२ मंसिर ४ गते बिहिवार
स्वतन्त्र विद्यार्थी युनियनको चुनावको नतिजा आउन थालेको छ। देशभरका विभिन्न क्याम्पसमा स्वविय चुनाव भइरहँदा स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसको नतिजा आएको छ।
स्ववियु निर्वाचनमा सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुका संजोग थापा सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा कुशुम ढकाल र कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भएका छन्।
सदस्यहरुमा अमिशा सुनार, कविता गुरुङ, अनुपराज गौतम, अमिशा गौतम, पुष्पा कुँवर, प्रतिक्षा गोदार र स्मृति कुँवर निर्वाचित भएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij