Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै राष्ट्र बैङ्क

रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै राष्ट्र बैङ्क


  • 1.9K
    Shares

    रिपो मार्फत १५ अर्ब तरलता पठाउँदै राष्ट्र बैङ्क
    images

    काठमाडौँ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भएपछि नेपाल राष्ट्र बैङ्कले १५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।

    केन्द्रीय बैङ्कले रिपो मार्फत १५ अर्ब रुपैयाँ तरलता १४ दिनका लागि बैंकिङ प्रणालीमा पठाउन लागेको हो । यसअघि १८ फागुनमा १४ दिनको लागि २० अर्ब रुपैयाँ रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाएको उक्त रिपोको अवधि सकिएसँगै पुन १५ अर्बको रिपो जारी गर्न लागेको हो ।

    हाल राष्ट्र बैङ्कले बैंकहरुलाई ७ प्रतिशत ब्याजदरमा ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदै आएको छ । अन्तर बैंक ब्याजदर पनि ७ प्रतिशत नै छ । जसले गर्दा बैंकिङ प्रणालीमा साधारण तरलताको कमी रहेको देखाउँछ । सोही कारण रिपो मार्फत केन्द्रीय बैङ्कले बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १६:३७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij