२०८२ भाद्र २ गते सोमवार
नेपाल इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले सञ्चालक पदबाट राजिनामा दिएकोमा रिक्त रहेको सो पदमा संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलकै तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेल नियुक्त भएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij