Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

१ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस, कुन स्थानीय तहलाई कति ? (पूर्णपाठसहित)

१ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस, कुन स्थानीय तहलाई कति ? (पूर्णपाठसहित)


  • 1.9K
    Shares

    १ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस, कुन स्थानीय तहलाई कति ? (पूर्णपाठसहित)
    images

    काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०–८१ का लागि नेपाल सरकारले उपलब्ध गराउनुपर्ने वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ । 

    जसअनुसार सात वटा प्रदेशहरूको हकमा जम्मा रु ५८ अर्ब ६६ करोड ७५ लाख र ७५३ स्थानीय तहहरूको हकमा जम्मा रु ८७ अर्ब ३५ करोड २९ लाख रुपैयाँ सिफारिस भएको छ । जसअनुसार कुल जम्मा रु १ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ सिफारिस भएको आयोगको भनाइ छ ।  

    अनुदानसम्बन्धी सिफारिस आयोग ऐन, २०७४ को दफा १६ को उपदफा (३) को व्यवस्थाबमोजिम गरिएको आयोगले जनाउको छ । जसअनुसार प्रदेश तथा स्थानीय तहले प्राप्त गर्ने न्यूनतम अनुदान, सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम प्राप्त गर्ने सूत्रमा आधारित अनुदान र सोही ऐनको दफा ३ को उपदफा (२) मा भएको व्यवस्थाबमोजिम कार्य सम्पादन मूल्याङ्कनका आधारमा अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको छ । 

    प्रकाशित मिति :चैत्र २ २०७९ बिहिवार - १६:०६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij