Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विदेश जानेलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने सरकारको निर्णय

विदेश जानेलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने सरकारको निर्णय


  • 2.5K
    Shares

    विदेश जानेलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने सरकारको निर्णय

    सरकारले वैदेशिक रोजगारीमा जानेलाई दिइने श्रम स्वीकृतिको म्याद बढाउने भएको छ। 

    यसअघि दिइँदै आएको २ वर्षे म्यादको श्रम स्वीकृतिलाई बढाएर रोजगारदाता र श्रमिकबीच भएको सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्यअनुमति सम्झौताको अवधि जति नै अवधि तोकी श्रम स्वीकृति प्रदान गरिने भएको छ। श्रम मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस्तो निर्णय गरेका हुन्। 

    २ वर्षको लागि मात्रै श्रम स्वीकृति दिँदा वैदेशिक रोजगारीमा जानेले कार्य अवधि र भिसाको म्याद बाँकी हुँदै श्रम स्वीकृतिको लागि स्वदेश फर्किनुपर्ने बाध्यता थियो। यस्तै विदेशमै बस्नेले पनि श्रम स्वीकृतिको अवधि नघाई बस्नुपर्ने अवस्था थियो। यो बाध्यताको हल गर्न भन्दै सरकारले भिसा र रोजगारदातासँगको सम्झौताका आधारमा श्रम स्वीकृति दिने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। 

    श्रम स्वीकृतिको म्याद सकिएका कारण विदेशमा मृत्यु भएका धेरैका परिवारले आर्थिक राहत र बिरामी परेकाले आर्थिक सहायता समेत पाउनसकेका थिएनन्। उनीहरु यो सुविधाबाट वञ्चित नहोऊन् भनेर सरकारले पुनः श्रम स्वीकृतिको लागि विदेशबाटै लिनसक्ने व्यवस्था गर्ने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ। 

    यस्तै सरकारले गन्तव्य मुलुकका कूटनीतिक नियोगहरुबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था समेत गरेको छ। त्यसका लागि विदेशबाटै शुल्क जम्मा गर्न सकिने र अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाई रहेको मन्त्रालयले जानकारी दिएको छ।

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १८:५८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij